संबिधानसभाबाट नयाँ संबिधान जारी भएर त्यसको कार्यन्वयनको सन्दर्भमा पछिल्लोपटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम संगै नेपाली जनताहरुमा नयां रक्त संचार भएको छ । अनेक वाधा व्यबधान हुंदा हुंदै पनि अव तिनै तहको निर्वाचन सम्पन्न भएको छ । यो नेपाली जनताको लागी सुखद कुरा हो । यो निर्वाचनको अन्तिम परिणाम आईरहंदा नेकपाएमाले यो मुलुकको सबैभन्दा ठुलो पार्टी बनेको छ । धेरै लामो समयदेखी झुटको राजनितीबाट जनतालाई भ्रमित पार्दै पहिलो पार्टी बन्दै आएको र सत्ताको बागडोर सम्हाल्दै आएको नेपाली काग्रेश दोश्रो पार्टीमा झरेको छ भने नेपाली राजनितीमा आफ्ना नितीहरु सच्याउँदै जनताको बिचमा शशक्त रुपमा स्थापित हुंदै आएको नेपालको दोश्रो ठुलो वामपंथी पार्टी नेकपामाओवादी केन्द्र झण्डै काग्रेसकै हाराहारीमा तेश्रो राजनितीक शक्तीको रुपमा स्थापित भएको छ । अझ प्रदेश नं ३,५,६र७ मा त प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको जम्मा सिट हेर्दा काग्रेसभन्दा माओबादी केन्द्र नै अगाडी देखिन्छ । हुन त यो वाम गठबन्धनको कारणले आएको मत हो तर पनि यसले काग्रेशको खस्कंदो अबस्थाको चित्रण अवश्य नै गर्दछ । यसरी हेर्दा यसपटक संधै अवसरवादी र अझै पनि धार्मीक नाराका साथ राजतन्त्रको वकालत गर्ने राप्रपा जस्ता शक्तिलाई जनताले पाखा लगाई दिएका छन् । मधेशको वकालत गर्दै तिनै मधेशी जनतालाई ठगी खाने पृथकतावादी सोच र दृष्टिकोण बोकेर आएका र यत्रो अपार जनताको समर्थनमा बनेको नेपालको संविधानको बिरोध गर्दै नेपाल र नेपालीको हितमा हैन अरुनै कसैको हित रक्षामा लागेका मधेशी दलहरुलाई पनि जनताले अत्यन्त सानो आकार र घेरामा सिमीत बनाई दिएका छन् । अरु सानातिना बिभिन्न इन्ट्रेष्ट बोकेर घुम्ती पशल जस्तो थापेर बार्गेनिङ्ग गर्दै ठग्न पल्किएका शक्तिहरुको पनि जनताले सटर नै बन्द गरिदिएका छन् ।
पर्टीको नाम | प््रात्यक्षबाट | समानुपातिकबाट (घोषणागर्न बाँकी) | जम्मा संख्या | सिटको आधारमा प््रााप्त प्रतिसत | प्राप्तगरेको हैसियत |
नेकपाएमाल | ८० | ४१ | !@! | १२१ | राष्ट्रिय पार्टी |
नेपाली कांगे्रस | २३ | ४० | ६३ | २२.९ | राष्ट्रिय पार्टी |
नेकपाएमाल | ३६ | १५ | ५१ | १८.५ | राष्ट्रिय पार्टी |
नेकपाएमाल | ११ | ७ | १८ | ६.६ | राष्ट्रिय पार्टी |
सं.समाजवादी फोरम | १० | १० | १७ | ६.२ | राष्ट्रिय पार्टी |
नेमकिपा | १ | – | – | स्वतन्त्र | |
राष्ट्रिय जनमोर्चा | १ | – | – | स्वतन्त्र | |
राप्रपा | १ | – | – | १.८ | स्वतन्त्र |
नयाँशक्ति पार्टी नेपाल | १ | – | – | स्वतन्त्र | |
स्वतन्त्र | १ | – | – | स्वतन्त्र | |
बिषय नै रह्यो । फेरी यो कुनै नबुझिने अप्ठ्यारो बिषय पनि थिएन । कुरा छर्लङ्गै बुझ्न सकिने नै बिषय थियो ।
गठबन्धनको अनुभव ः
आफ्नो स्थितिलाई सुदृढ गर्नको लागी बिभिन्न निर्वाचनहरुमा चुनावी गठबन्धन हुने गरेका छन् । यस अघिको स्थानिय तहको निर्वाचनमा कतिपय जिल्लाहरुमा माओवादी केन्द्र र नेपाली काग्रेसको विचमा पनि चुनावी तालमेल भएको हो । तर यसलाई आम मतदाताहरुले त्यति सहज रुपमा लिएनन् वा रुचाएनन् । यो गठबन्धन अलि अप्राकृतिक जस्तो पनि देखियो । यसपटक हामीले देशव्यापी माओवादी केन्द्र र एमालेको बिचमा गठबन्धन गरेर चुनावी तालमेल ग¥यौं । त्यो अलिक सहज र प्राकृतिक पनि महसुश भयो । यसलाई वाम तालमेल भन्न सजिलो पनि भयो । वाम–काङ तालमेल भन्न निश्चितै पनि अप्ठ्यारो भयो । नेपाली काग्रेस र एमाले संग बेग्ला बेग्लै तालमेलको अभ्यास गर्ने माओवादी केन्द्रका साथीहरुले महशुस गर्नु भएकै होला भन्ने लाग्छ । यो वाम गठबन्धन निकै सहज महशुस भयो र सफल पनि भयो ।
अब नेपाली काग्रेसको स्थिति के होला ?
अब वाम गठबन्धनको सरकार बनिरहंदा नेपाली काग्रेश आफ्नो शशक्त भुमिका निर्वाहा गर्न नसकेको अबस्थामा कमजोर प्रतिपक्षको रुपमा देखिने निश्चित जस्तो भएको छ । अहिले निर्वाचन पणिाम पछिको भुमिकाबाट एउटा कुरा के निश्चित जस्तो देखिएको छ भने काग्रेस जनताको नजरबाट गिर्दै जाने अवस्था छ र यस्तो जनताबाट बिश्वास गुमाउँदै गएको प्रतिपक्षको भुमिका कसरी शसक्त होला र ? किनभने अहिलेको काग्रेशको भुमिका हेर्दा…….भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखान जस्तो भएको छ । आंफु निर्वाचनमा पराजय भै सके पछि पनि राजिनाम नदिने,प्रधानमंत्रीको कुर्सीमा टांस्सीएर बसिरहने,बिभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै जाने,मानिलिउँ अब छिट्टै माहानिर्वाचन हुँदै छ र त्यसमा नेपाली कांग्रेशलाई जनताको मत आबश्यक छ भने झैं गरी लोकप्रिय जस्ता देखिने कल्याणकारी निर्णय गर्ने,पहिलेकै जनादेशबाट पनि प्रमुख प्रतिपक्षको रुपमा रहेको राजनितिक शक्ती नेकपाएमाले र अहिले सम्म पनि सरकारमै रहेको माओवादी केन्द्रसंग कुनै परामर्स नै नगरी बिधेयक बनाएर राष्ट्रपतिकोमा पठाउने र प्रमाणीकरण गर्न जोडबल गर्ने साथै प्रदेश प्रमुखको नियुक्ति गर्न लाग्ने,संविधानमा केही अष्पस्टताहरु भएमा त्यसलाई समाधान गर्न सवै राजनितिक दलहरुसंग परामर्श गर्दै तिनको समाधानको बाटो खोज्नु पर्नेमा उल्टै संबिधान भित्रका छिद्रहरु खोज्दै १÷२ महिना भए पनि सत्ता लम्ब्याउने खेलमा लाग्ने जस्ता अत्यन्त लज्जास्पद र फोहारी काममा लागीरहेको अवस्था छ । अहिले संबिधानको धारा ८४(८) मा टेकेर निर्वाचन आयोगलाई पनि काग्रेश कै गोटीको रुपमा संचालन गर्ने कोशिस गरिरहेको छ । त्यसैले अव काग्रेसको पतन अवश्यम्भावी जस्तो बनेको छ । यो लेखकको शुभेक्षा छ काग्रेस सुध्रेर आउने छ र जनताको मन जित्न सफल हुने छ ।
संबैधानिक त्रुटी र यसको आधारमा खेल्ने प्रयास ः
१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघिनै नेकपाएमाले र नेकपामाओवादी केन्द्रको बिचमा पार्टी एकिकरण समेत गर्ने प्रतिबद्धताका साथ चुनावी तालमेल भएको थियो र अहिले वाम तालमेल अनुसार नै बामपंथीहरुको अत्यधिक बहुमतका साथ निर्वाचनको परिणाम समेत आईसकेको छ । वाम तालमेललाई पार्टी एकिकरणसम्म जानकालागी जनताहरुले अनुमोदन गरीसकेका छन् । अब नेपालको संबिधान अनुसार वामपंथीहरुको बहुमतको सरकार सहजरुपमा बन्न सक्ने अवस्था छ । पार्टी एकिकरणको नाममा सरकार निर्माणको काममा कुनै पनि हालतमा ढिलाई गर्न हुंदैन । पार्टी एकिकरणको काम एउटा बेग्लै बृहत कार्ययोजनाका साथ गर्ने काम हो । पार्टी एकिकरण गर्नु अघि टुंग्याउनु पर्ने धेरै बिषयहरु हुन सक्छन् । निती,कार्यक्रम र सिद्धान्तको बारेमा गम्भिर बहस÷छलफल र निष्कर्ष,क्रान्तीको बाटो,संगठनात्मक कुरा,सबै तहको नेतृत्वको उचित व्याबस्थापन लगायत आन्तरिक मनोविज्ञानका समस्याहरु सम्मको बारेमा सोच्नु आवश्यक छ ।
२. नेपालमा कम्युनिष्ट पार्टीहरु बिभिन्न काल खण्डमा गठन पुनर्गठन,एकिकरण र बिभाजनको सृंखलाबाटनै गुज्रीएर याहाँसम्म आईपुगेका हुन् । धेरै जसो बिभाजनमा निती सिद्धान्तको कुरा गौंण र नेतृत्वको व्यक्तिगत प्रतिष्ठाको लडाईं प्रमुख हुने र त्यसलाई आफ्नो पक्षमा पुष्टी गर्न सिद्धान्तको जलप लगाउने गरिन्छ । अहिले सम्ममा कम्युनिष्ट पार्टीहरुको बिचमा क्रान्तीको बाटोको बारेमा मात्र ठुला ठुला बहस हुने गरेका छन् । अन्य सवालमा कनी कुथी सिद्धान्तको बहस गरिएपनि सारमा सबैका कुरा उस्तै हुन्–माक्र्सवाद लेनीनवाद,जनवाद,समाजवाद,साम्यवाद आदी ।
३. कम्युनिष्ट पार्टीहरु एकिकरण हुंदा स्वभाविक रुपमा आम कार्यकर्ता र जनताको बिचमा उत्साहा आउंछ नै । तर जव पार्टी भित्र आन्तरिक खिंचलो हुन्छ अथवा पार्टी बिभाजन सम्म पुग्छ त्यतिबेला आम जनताको बिचमा तुलनात्मक रुपमा अझै ठुलो मात्रामा निरासा आउंन सक्छ । अब कम्युनिष्ट पार्टीहरु मिलेर मुलुकको मुहार फेरिने आसा बोकेर बसेका जनताहरुमा निरासा आयो भने मुलुक अग्रगमन होईन यथास्थिती तर्फ धकेलिने सम्भावना बढेर जानेछ ।
४. त्यसैले पार्टी एकिकरण गर्नुभन्दा पहिला निधार खुम्च्याएर सोच्नु आवश्यक छ । केही ढिलो भएर केही बिग्रँदैन । बरु अहिले पार्टीहरु जे जस्तो अवस्थामा छन् आ–आफ्नै पार्टीमा कार्यकर्ता र जनताहरु रमाईरहेकै छन् नी… ।
५. यसको अर्थ मैले यस लेखमा पार्टी एकिकरणको सम्बन्धमा कुनै निरासावादी कुरा गरिरहेको छैन,हामी बिचमा ठुलो अवसर प्राप्त भएको छ ,पार्टी एकिकरण गर्नै पर्दछ । यस माहान कार्यमा शिर्ष नेताहरुको मात्र होईन,हामी जस्ता शुभचिन्तक कार्यकर्ताहरुको पनि त्यत्तिकै भुमिका रहन्छ । हामी सबैले यो बिषयलाई सकारात्मक शोचका साथ अभियान संचालन गनु आवश्यक छ । मैले यस लेखमा जोड दिन खोजेको बिषय के हो भने, लामो लक्ष,उद्धेश्य र फराकिलो हृदयका साथ पार्टी एकिकरणको तयारीमा जुट्नको लागी आह्वान गरांै । आम जनताको अहिलेको अपेक्षा पनि यहि नै हो ।