भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८१ भदौ १४ देखि १६ गते सम्म विभिन्न योजनाहरुको स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भयो । महेन्द्र राजमार्ग तथा पृथ्वी राजमार्र्गका विभिन्न खण्डमा उहाँले निरीक्षण गरि निर्माणकार्यलाई चुस्त र तिव्र बनाउनु निर्देशन दिनु भएको थियो । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, सल्लाहकार हर्कराज राई सहित मन्त्री दाहालले विभिन्न योजना तथा परियोजनाहरुको निरीक्षण गरि आवश्यक निर्देशन दिनु भएको हो । यस्तै अनुगमनका क्रममा विभिन्न जिल्ला तथा स्थानहरुमा सरोकारवाला तथा सञ्चारकर्मीहरुसँग उहाँले छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।