बिहीबार, ०६ भदौ २०८१,
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) छाप्न दिने निर्णय भएको बताउनु भएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले केन्द्रमा डाटा रहने गरी प्रदेशले पनि लाइसेन्स छापेर वितरण गर्न पाउने निर्णय भइसकेको जानकारी समेत दिनुभयो ।
‘डाटा बेस केन्द्रमा आधार हुन्छ । प्रदेशले पनि लाइसेन्स छाप्न पाउने निर्णय भएको छ ‚’ उहाँले भन्नुभयो । साथै उहाँले राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्स जोड्ने निर्णय भइसकेको पनि बताउनुभयो। यसका लागि कार्य अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
‘राष्ट्रिय परिचयपत्र देखाएपछि देख्न सकिने ट्राफिकले पढ्न सक्ने खालको बनाउने काम भइरहेको छ । नागरिक एपसँग पनि क्युआर कोडसहित जोड्ने काम भइरहेको छ‚’ उहाँले भन्नुभयो ।
प्रदेश तहबाट लाइसेन्स छाप्न दिने निर्णय भएको छ : मन्त्री दाहाल | News from Nepal – Ratopati