स्विस राजदूतद्वारा शिष्टाचार भेट



नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । विहिबार मन्त्रालयमा पुगेर राजदूत मोन्टेलोनेले मन्त्री दाहालसँग द्विपक्षीय हितका बारेमा कुरा गर्नु भएको हो ।
भेटमा स्विस राजदूत मोन्टेलोनेले दुई देश विचको ६ दशक भन्दा लामो कुटनीतिक सम्वन्ध दर्विलो र सद्भावपूर्ण रहेको बताउनु भयो । नेपालको शान्ति प्रकृया, संविधान लेखन तथा कार्यान्यवन सह्रायिन रहेको उल्लेख गर्दै राजदूत मोन्टेलोनेले आगामी दिनमा सहयोग र सहकार्यका लागि स्विट्जरल्याण्ड तयार रहेको पनि बताउनुभयो ।
त्यस क्रममा मन्त्री दाहालले थोरै जनसंख्या भए पनि स्विट्जरल्याण्डले विकाश तथा प्रविधिका क्षेत्रमा गरेको प्रगती प्रति बधाई ज्ञापन गर्नु भयो । यस्तै नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा गरेको योगदानप्रति आभार व्यक्त गर्दै मन्त्री दाहालले नेपालको शान्ति प्रकृया, कोभिड महामारी, भुकम्प जस्ता विशेष अवस्थामा पुर्याएको योगदानको पनि स्मरण गर्नु भयो । भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा मन्त्रालयका अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
३१ साउन, २०८१

प्रतिक्रिया दिनुहोस