भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साउन २९ गते सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नु भयो । त्यस क्रममा उहाँले ३ वर्ष अघिको बाढीका कारण क्षतीग्रस्त बनेका भौतिक संरचनाहरुका पुननिर्माणमा अन्तरमन्त्रालय समन्वय गरिने बताउनुभयो । मन्त्री दाहाललाई पूर्वमन्त्री शेरबहादुर तामाङ् तथा स्थानीय जनप्रतिनधीहरुले बाढीका लागि अर्वौको नोक्सानी व्यहोरोका सर्वसाधारण अझै आफ्नो थातथलोमा फर्किन नसकेको बताउनुभयो । सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथा सडक विभाग अन्तर्गतका अन्य अधिकारी एवम् प्राविधिक सहित मन्त्री दाहालले मेलम्ची तथा हेलम्बूका विभिन्न स्थानको निरीक्षण गर्नु भएको हो ।