३० असार, २०८१
काठमाडौ, नेकपा एमालेका नेता देवेन्द्र दहालले राजनीतिक अस्थिरताको अन्त्यका लागि नयाँ गठवन्धन बनेको बताउनु भएको छ । राष्ट्रिय सभामा संसदीय दलका नेता समेत रहनु भएका नेता दाहालले देशलाई स्थिरता तर्फ लैजानका लागिनै नेकपा एमाले तथा नेपाली कांग्रेस सहितको गठवन्धन बनेको बताउनु भएको हो ।
प्राईम टेलिभिजनसँग आईतबार कुरा गर्दै उहाँले नयाँ गठवन्धन मार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले ठप्प बनेको विकाश निर्माणलाई गति दिने र देशलाई आर्थिक समृद्धी तर्फ लैजाने पनि उहाँले बताउनुभयो ।
ओली–देउवा सम्बन्ध अटुट, अब ओलीको नेतृत्वमा विकास, समृद्धि र सुशासन (youtube.com)