‘एक होनाहार कम्युनिष्ट योद्धा गुमाउनु पर्याे’



२४ जेष्ठ, २०८१
काठमाडौ,
नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको असामहिक निधन प्रति दुःख व्यक्त गर्नु भएको छ ।
नेता खनालको निधनले कोशी प्रदेश र सुनसरी जिल्लाले एक होनाहार कम्युनिष्ट योद्धा गुमाएको उल्लेख गर्नु भएको छ । सामाजिक सञ्जालबाट शोक व्यक्त गर्दै उहाँले नेता खनाल प्रति श्रद्धा सुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
एमाले पोलिटव्युरो सदस्य एवम् स्थानीय विकास विभागका प्रमुख नेता दहालले लेख्नु भएको छ, ‘आज बिहानै एऊटा दुखद खवर सुनियो । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष तथा बराहाक्षेत्र नगरपालिकाका पुर्व मेयर कं.निलम खनालको असामयीक निधन भएको छ । वाहांको निधनले कोशी प्रदेस र सुनसरी जिल्लाले एक होनहार कम्युनिष्ट योद्धा गुमाएको छ । वाहां प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु र पार्टी कोशी प्रदेस कमिटि,सुनसरी पार्टी कमिटि र सम्पर्ण शोकाकुल परिवारहरुमा गहिरो समवेदना समेत व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस