१२ चैत, २०८०
काठमाडौ, राष्ट्रिय सभा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्ता समिकरण बदलिएसँगै प्रदेश स्तरमा पनि शक्ति बाँडफाड हुने बताउनु भएको छ । प्राईम टेलिभिजनसँगको कुराकानीमा उहाँले कुन दलले कहाँ कति पाउने भन्ने कुरा शक्ति सन्तुलनकै आधारमा हुने समेत बताउनु भयो ।
प्रदेश सभामा न्युन सहभागिता रहेका दललाई संघीय सरकारमानै समेटिने समेत उहाँले जनाउनुभयो । एमाले पोलिटव्युरो सदस्य समेत रहनु भएका नेता दाहालले जुन प्रदेशमा जुन दलको जस्तो अवस्था छ सोहि आधारमा शक्ति बाँडफाट हुने समेत संकेत गर्नु भएको छ ।