६ माघ, २०८०
नेकपा एमाले पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले अहिले रहेको सत्ता गठवन्धन भत्किने अवस्थामा पुगेको बताउनु भएको छ । हिमशिखर टेलिभिजनसँगको कुराकानीका क्रममा उहाँले अहिलेको गठवन्धनका साझेदारहरु विचको सम्वन्ध कमजोर भई सकेका कारण यो आँफै भत्किने बताउनु भएको हो । कांग्रेस जस्तो बलियो पार्टी आफ्नै खुट्टामा उभिन नसक्नु आश्चर्यजनक समेत रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा संसदीय दलका नेता समेत रहनु भएका नेता दाहालले गठवन्धनकै दलहरु विचमा भई रहेका मन्त्री हटाउने, नयाँ थप्ने जस्ता कुराको विवाद उत्कर्षमा पुगेको समेत उल्लेख गर्नु भयो । गठवन्धनकै कारण देशको आर्थिक संकट गहिरिँदै गएको भन्दै यसैका कारण संघ र प्रदेश तहमा समेत अस्थिरता बढ्दा नागरिक निराश बनेको उहाँले बताउनुभयो ।