११ बैशाख, २०८०
काठमाडौ, नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारका कारण नागरिकहरु निराश बनेको बताउनु भएको छ ।
वर्तमान गठवन्धन सरकार सञ्चालनमा आए पछि आर्थिक अवस्था जर्जर हुनका साथै विकास निर्माण समेत ठप्प रहेको उहाँको भनाई छ । भएको निर्माण कार्यको समेत सरकारले रकम निकाशा नगर्दा निर्माण व्यवसायीहरु आन्दोलित बन्नु परेको भन्दै नेता दाहालले जाजरकोटका भुकम्प पिडितहरुलाई बसोबासको व्यवस्था मिलाउनु पर्ने जस्तो मानवीय दायित्वबाट समेत सरकार च्युत भएको तर्क गर्नु भएको छ ।
योहो टेलिभिजनसँगको संवादमा नेता दाहालले अहिलेको सरकारसँग कुनै योजना र लक्ष्य समेत नभएको उल्लेख गर्नु भएको छ ।