काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्योलता अन्त्य गर्न राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक आवश्यक रहेको बताउनु भएको छ । सोमबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले सो कुरा बताउनु भएको हो । त्यस क्रममा उहाँले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मन्त्रीपरिषद्मा नभई सिधै संसदमा पेस हुनुपर्ने समेत धारणा राख्नु भयो ।
उहाँले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरुको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरुको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरु विधेयकमा समेटिएको समेत उल्लेख गर्नु भएको छ । सो विधेयक निजी विधेयककै रुपमा संसदमा पेश गरिने समेत बताउनु भएको छ ।