‘नेपालीहरुको उद्धारमा नेपाल सरकार चुक्यो’



२३ असोज, २०८० राष्ट्रिय सभा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले ईजरायलमा फसेका नेपालीहरुको उद्धारमा नेपाल सरकार चुकेको बताउनु भएको छ । अन्य देशहरुले आफ्ना नागरिकहरुको उद्धार, खोजी र उपचारमा घटना लगत्तै तदारुकता देखाए पनि नेपाल सरकारले त्यस अनुरुप गर्न नसकेको उहाँको भनाई छ । घटना लगत्तै सरकार गम्भिर बनेर ढिलाई नगरि काम गरेको भए हाल भई सकेको जति मानवीय क्षती समेत रोक्न सकिने अवस्था रहेको उहाँले जनाउनु भएको छ । प्राईम टेलिभिजनसँगको कुराकानीमा उहाँले सवै दलहरुलाई सहमतिमा ल्याएर सरकारले काम गर्न खोजेको देखिए पनि ति प्रयासहरुमा समेत ढिलाई हुन पुगेको दहालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस