भाद्र ३, २०८०
काठमाडौँ — नेपालका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरेपछि सोमबार नै सुनुवाइ गर्ने निर्णय गरेको हो । समिति सदस्य एवम् नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरी समिति सदस्यहरूलाई वितरण गर्दै सुनुवाइको समय निर्धारण गरिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो । १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेका हुन् ।