२०८० जेष्ठ ३२, बिहीबार १०:४८
कठमाडौ/ संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्याधीश हरिकृष्ण कार्कीले आफ्ना कार्ययोजनाहरु सहित आफ्नो योग्यताको दाबी पेश गरेका छन ।
कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीले सुनुवाई समिति समक्ष लिखित रुपमा आफ्ना योजना पेश गरेका हुन ।यस अघि कार्की विरुद्ध परेका उजुरीहरुबारे बुधबार उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको थियो । कार्की विरुद्ध परेका २९ उजुरी मध्ये २० उजुरीकर्ताहरु छलफलका लागि पुगेका थिए । समितिका सदस्य राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालका अनुसार उजुरीकर्ताहरुसँग सामुहिक र एकल छलफल भएको हो ।
के छ कार्कीको कार्य योजना ?
न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धी अवको न्यायिक सुधारको केन्द्रविन्दुमा हुनु पर्ने कार्कीको धारणा छ ।
यसैगरि न्यायपालिकामा हुन सक्ने कुनै पनि किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्यप्रति आफ्नो शुन्य सहनशिलता रहेने कार्कीद्वारा पेश भएको कार्य योजनामा उल्लेख छ । न्यायपालिका भित्रहुन सक्ने विकृति, विसङ्गती, अनियमितता लगायतका अवाञ्छित गतिविधिहरुको नियन्त्रण गरि न्यायपालिका प्रतिको आस्था र विश्वास अभिवृद्धी गर्न न्यायीक सुशासन सम्वन्धि कार्कीले बुँदागत रुपमा आफ्ना योजनाहरु समिति समक्ष पेश गरेका हुन ।
शुक्रबार कार्कीको कार्ययोजना, उजुरीकर्ताहरुको उजुरी तथा सांसदहरुको जिज्ञासाका बारेमा बिहान ८ बजेदेखि प्रश्नोत्तर गरिने समितिले जनाएको छ ।
Source https://www.nishkarshanews.com/archives/20021