काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र टर्कीका यातायातमन्त्री अव्दुल कदीर उरालोग्लुबिच भेटवार्ता भएको छ ।
टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुगेका मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री उरालोग्लुबिच आइतबार भेटवार्ता भएको हो ।

उनीहरुबिच दुईपक्षीय हितका बारेमा साइडलाइन वार्ता भएको बताइएको छ । उक्त समारोहलाई सम्बोधनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका थिए ।
