जेठ २६, २०८२ सोमबार
काठमाण्डाै – राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राख्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै आजै राष्ट्रियसभाबाट भन्सार विधेयक २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भन्सार विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले प्रस्तुत विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो शुक्रबार अपराह्न दिउँसो सवा १ बजे बस्नेछ ।
पानीजहाज विधेयक राष्ट्रियसभाबाट पारित | Ujyaalo Online:: Nepal News, Nepali Samachaar