१९ जेष्ठ, २०८२
काठमाडौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विदेशमा सिकेको ज्ञान र शिपलाई स्वदेशको समृद्धीमा उपयोग गर्न दक्षिण कोरीयाका प्रवाशी नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।
दक्षिण कोरीया भ्रमणमा रहनु भएका मन्त्री दाहालले प्रवाशी नेपाली मञ्च दक्षिण कोरीयाद्वारा आयोजीत भेटघाट कार्यक्रममा नेपालमा पूर्वाधार, सुचना प्रविधि, यातायातको पहुँच लगायतका क्षेत्रमा उल्लेखनिय विकास भएको उल्लेख गर्दै विदेशमा आर्जन शिप र ज्ञान उपयोगको आधार समेत तयार भएको बताउनुभयो ।
यातायातको विकास र विस्तारले नेपालको ग्रामिण क्षेत्रमा समेत कृषिको व्यवसायीकरण सहज भएको उल्लेख गर्दै उहाँले नेपालमा प्राप्त श्रोत साधनको उपयोगबाट स्वरोजगार र स्वउद्यममूलक व्यवसाय समेत सहज भएको बताउनुभयो । कार्यक्रममा दक्षिण कोरीयाका लागि नेपाली राजदूत डा. शिवमायाँ तुम्बाहम्फे तथा नेपाली समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
