रोजगारी सृजना र प्रवर्द्धन सरकारको प्राथमिकतामा छ : मन्त्री दाहाल



काठमाडौं, १४ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सृजना र प्रवर्द्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्युतीय परिवहन प्रालिको विशेष साधारणसभालाई सम्बोधन गर्दै मन्त्री दाहालले रोजगारी प्रवर्द्धनका लागि विभिन्न तालिम, प्रशिक्षण तथा सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए ।

वातावरणमैत्री र स्वच्छ उर्जाको उपयोग गरी थप रोजगारी सृजनातर्फ लाग्नुपर्ने उनले उल्लेख गरे । स्वदेशमै उत्पादित विद्युतको उपयोग प्रवर्द्धन गरी नेपाली मुद्रा विदेश जानबाट रोक्न सकिनेतर्फ ध्यान दिने बेला आएको पनि मन्त्री दाहालले बताए । विद्युतीय परिवहनको माध्यमबाट नेपाली महिला तथा युवाहरु स्वरोजगार समेत भइरहेकोले यस क्षेत्रलाई आवश्यक नियम बनाइ थप व्यवस्थित पारिने समेत उनले उल्लेख गरे ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरे, विभिन्न यातायात व्यावसासी लगायतले विद्युतीय यातायात प्रवर्द्धनमा जोड दिएका थिए ।

कार्यक्रम विद्युतीय परिवहन प्रालिका अध्यक्ष हुमप्रसाद पोख्रेलको अध्यक्षतामा भएको थियो ।

रोजगारी सृजना र प्रवर्द्धन सरकारको प्राथमिकतामा छ : मन्त्री दाहाल – Dainik Nepal

प्रतिक्रिया दिनुहोस