राष्ट्रिय सडक सञ्जालसँग जोडिएको खुसीयालीमा यस्तो देखियो हुम्ला 



असार २२, २०८२ आईतबार

हुम्ला-प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा रहेको चुवाखोलाको निर्माण बेलीब्रिज पुलको उद्घाटन गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि आफू असाध्यै खुशी भएको बताउनुभयो। ‘रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि म निकै खुसी छु, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा भएकाे छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ। यो सपलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु।‘

प्रधानमन्त्री ओलीले अब हुम्ला विकासको बाटो खुलेको खुलासा गर्नुभयो ।’आजदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ।’

तस्बिरमा हेर्नुहोस्

राष्ट्रिय सडक सञ्जालसँग जोडिएको खुसीयालीमा यस्तो देखियो हुम्ला  « Yo Bela

प्रतिक्रिया दिनुहोस