मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन मन्त्री दाहालको निर्देशन



असार ६, २०८२ शुक्रबार,

काठमाडौ-भौतिक पूर्वाधार तथा पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुन थालेकाले यातायात आवागमनलाई सुरक्षित बनाउन निर्देशन दिनु भएको छ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशी लगायतका अधिकारीलाई उहाँले जोखिमयुक्त क्षेत्रहरुमा विशेष सतर्कता अपनाउन समेत निर्देशन दिनुभयो। ‘सके सम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउँ’ मन्त्री दाहालले भन्नुभयो, ‘जोखिम रहेका क्षेत्रहरुमा यन्त्र, उपकरण र आवश्यकता अनुसारको जनशक्ति तैनाथ गरेर राख्नु पर्‍यो।’

प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरुसँग समेत दर्विलो समन्व्य गरि सडक तथा यातायात क्षेत्रलाई नियमित, चुस्त र सुरक्षित बनाउन उहाँको निर्देशन छ। बढि जोखिम रहेका स्थानहरुमा ट्राफिक प्रहरीसँग समन्वय गरि सुरक्षित रुपमा सवारी साधन आवागमनको व्यवस्था मिलाउन मन्त्री दाहालले भन्नुभएको छ। यस्तै मनसुनी चुनौती तथा सम्भावित जोखिमबारे सर्वसाधारणमा जानकारी पुग्ने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो।

मन्त्रालयका सचिव शर्माका अनुसार जोखिम स्थानहरुमा सडक विभाग मार्फत आवश्यक उपकरणहरु परिचालन गरि सकिएको छ। यस्तै सुरक्षा निकायहरुसँग समेत समन्वय गरि यातायातलाई सुरक्षित बनाउने गरि समन्वयको काम समेत भई रहेको उहाँले जनाउनुभयो । पहिरो जाने, पानी जम्ने, बाढी आउने लगायतका सम्भावित स्थानहरुको पहिचान गरि ति स्थानहरुमा प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरि आवश्यकता र अवस्था अनुसार सवारी साधन सञ्चालनको समय समेत निर्धारण गरि सुरक्षित बनाउने प्रयास गरिएको उहाँले बताउनु भएको छ।

सडक विभागका महानिर्देशक डा।जैशीले बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वीराजपथ, निर्माणाधिन दाउन्ने खण्ड लगायतका स्थानहरुमा विशेष सतर्कता सहित औजार, उपकरण र जनशक्ति परिचालन गरिएको बताउनुभयो। यस्तै काठमाडौ उपत्यका भित्रका पानी जम्ने स्थानहरुको सरसफाई गरिएको, राजमार्ग र करिडोरहरुमा समेत सतर्कताका साथ उपकरणहरु तयारी अवस्थामा राखिएको बताउनुभयो । प्रशासन, ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायहरुसँग नियमित समन्वय भई रहेको भन्दै महानिर्देशक शर्माले यातायातलाई सुरक्षित बनाउने कार्यमा सवै क्षेत्रको सहयोग आवश्यक रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस