भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेष्ठ ३ र ४ गते उदयपुर र खोटाङ् यात्राका क्रममा विभिन्न आयोजनाहरुको उद्घाटन पछि विभिन्न आयोजनाहरुको निरीक्षणसँगै जनप्रतिनिधी एवम् स्थानीयबासीहरुसँग भेटघाट गर्नु भएको छ । त्यस क्रममा मन्त्री दाहाललाई स्थानिय विकास आयोजना एवम् जनगुनासोहरुका बारेमा जनप्रतिनिधी एवम् स्थानीयबासीहरुले ध्यानाकर्षण समेत गराउनु भएको थियो ।









