उदयपुर, ४ जेठ ।-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट-दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ।

मन्त्री दाहालले आइतबार रु.१ करोड़ रुपैयाको लगतमा निर्मित भवनको उद्घाटन गर्नु भएको हो। त्यस क्रममा उहाँले नगारिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताउनु भयो।
साथै सो सड़क योजनाको काम निर्धारित समयमानै पूरा गर्न निर्देशन दिनुभयो। सड़क विभागका महानिदेशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताउनुभयो।
