बैशाख २१, २०८२ आईतबार
काठमाडौ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सवै क्षेत्रलाई गति दिएको बताउनु भएको छ। आईतबार काठमाडौको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उहाँले गठवन्धनमा रहेका दलहरु विचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताउनुभयो।
स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए । त्यस क्रममा उहाँले विकासका विभिन्न क्षेत्रहरु विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ति सवै निकायहरु विच समन्वय गरि जनअपेक्षा पूरा गरिने बताउनुभयो।
अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरुको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याईरहेको उहाँले जनाउनुभयो । सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामिण क्षेत्रमा स्वरोजगारी र उद्यमशिलताको विकास भई रहेको पनि मन्त्री दाहालले बताउनुभयो ।
देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतीका क्रममा रहेकाले केहि स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि काम भई रहेको उहाँको भनाई छ । वर्षायाम शुरु हुनै लागेकाले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिन उहाँले सडक विभाग तथा आयोजनाहरुलाई निर्देशन पनि दिनुभयो।
सडक निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौका प्रमुख नारायणदत्त भण्डारी, ईन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरु सहभागी थिए ।
मन्त्री दाहाल शिवमन्दिर त्रिवेणीचोक राष्ट्रिय सहिदपार्क उपभोक्ता समितिले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा पनि सहभागी हुनु भयो । सो कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई, प्रतिनिधीसभा सदस्य शान्ति श्रेष्ठ, प्रदेश सभा सदस्य जयराम थापा लगायतको उपस्थिति रहेको थियो ।