संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठक



  • बैठक पछि निर्णयमा हस्ताक्षर गर्दै मानननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालज्यूका साथै प्रदेशका मन्त्रीज्यूहरु ।

बैठकका झलकहरु

२०८१ साउन ३२ गते नेपाल सरकारका मानननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालज्यूको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सातै प्रदेशका यातायात हेर्ने मन्त्रालयका मन्त्रीज्यूहरु, मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रदेश मन्त्रालयका सचिवहरु, समिति सदस्य रहनु भएका घोराहीका नगरप्रमुख, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थियो । बैठकले यातायात व्यवस्था, सवारी चालक अनुमति लगायतका सम्वन्धमा विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस