सिन्धुपाल्चोकका सडक तथा पुलहरुको अनुगमन



साउन २९ गते सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल । त्यस क्रममा उहाँले अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन निर्देशन दिनुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित अनुगमनमा पुग्नु भएका मन्त्री दाहाल समक्ष स्थानीयले बाढी, पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तीलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका थिए ।
२९ साउन, २०८१

प्रतिक्रिया दिनुहोस