भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शनिवार भक्तपुरको सुर्यविनायक नगरपालिका स्थित डोलेश्वर महादेवको दर्शन गर्नु भयो । मन्दिर परिसरमा उहाँलाई मन्दिर व्यवस्थापनका पदाधिकारी, जनप्रतिनिधी तथा स्थानीयबासीहरुले स्वागत गरेका थिए । अवलोकन तथा दर्शन पछिको सभालाई सम्वोधन गर्दै मन्त्री दाहालले धार्मिक तथा सांस्कृतिक सम्पदाहरु सम्म पुग्ने सडक तथा अन्य आवश्यक पूर्वाधार निर्माणमा मन्त्रालयले प्राथमिकता दिने बताउनुभयो ।
२६ साउन, २०८१