भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको वार्षिक समिक्षा गोष्ठि (१९ र २० साउन, २०८१) को समापनका अवसरमा आफ्नो महत्वपूर्ण समय उपलव्ध गराई आवश्यक निर्देशन सहित उर्जा प्रदान गर्नु हुँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु । २ दिनको सो कार्यक्रममा विभाग अन्तर्गतका कार्यालयहरुको गत आर्थिक वर्षको कार्य सम्पादनको समिक्षा गर्नुका साथै चालु वर्षका लक्ष्य तथा कार्यक्रम बारेमा महत्वपूर्ण छलफल भयो । सोहि कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय तथा निर्माण व्यवसायीहरुलाई माननीय मन्त्री देवेन्द्र दाहालज्यूले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।