२४ जेष्ठ, २०८१
काठमाडौ, नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको असामहिक निधन प्रति दुःख व्यक्त गर्नु भएको छ ।
नेता खनालको निधनले कोशी प्रदेश र सुनसरी जिल्लाले एक होनाहार कम्युनिष्ट योद्धा गुमाएको उल्लेख गर्नु भएको छ । सामाजिक सञ्जालबाट शोक व्यक्त गर्दै उहाँले नेता खनाल प्रति श्रद्धा सुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
एमाले पोलिटव्युरो सदस्य एवम् स्थानीय विकास विभागका प्रमुख नेता दहालले लेख्नु भएको छ, ‘आज बिहानै एऊटा दुखद खवर सुनियो । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष तथा बराहाक्षेत्र नगरपालिकाका पुर्व मेयर कं.निलम खनालको असामयीक निधन भएको छ । वाहांको निधनले कोशी प्रदेस र सुनसरी जिल्लाले एक होनहार कम्युनिष्ट योद्धा गुमाएको छ । वाहां प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु र पार्टी कोशी प्रदेस कमिटि,सुनसरी पार्टी कमिटि र सम्पर्ण शोकाकुल परिवारहरुमा गहिरो समवेदना समेत व्यक्त गर्दछु ।’