१५ माघ, २०८०
काठमाडौ\ नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले गठवन्धनको राजनीतिक अभ्यास बहिष्कृट हुँदै गएको बताउनु भएको छ । हिमालय टेलिभिजनसँगको अन्तरवार्तामा उहाँले जनस्तर देखि जनप्रतिनिधी स्तरबाट पनि गठवन्धनको अभ्यासलाई नरुचाईएको बताउनु भएको हो ।
एमाले स्थानीय विकास विभागका प्रमुख समेत रहनु भएका नेता दाहालले वर्तमान सरकार गठवन्धनका कारण समेत बहिष्कारको अवस्था सिर्जना भएको बताउनु भएको हो । कतिपय अवस्थामा राजनीतिक सहकार्यका रुपमा स्वभाविक र प्राकृतिक गठवन्धन हुने गरेको भए पनि अहिलेको सत्ता गठवन्धन अस्वभाविक र अप्राकृतिक रहेको समेत उहाँले बताउनु भएको छ ।