‘टीआरसी’ वार्गेनिङ्को विषय होईन : नेता दाहाल




५ माघ, २०८०
काठमाडौ\
नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दहालले संक्रमणकालिन न्यायसँग सम्वन्धित टीआरसी विधेयक पीडितमैत्री हुनु पर्ने बताउनु भएको छ ।
रिपोटर्स क्लवमा भएको साक्षातकारमा उहाँले यो विधेयकलाई कसैले पनि बार्गेनिङ्को विषय नबनाउनु बताउनुभयो । हाल प्रतिनिधीसभामा विचाराधिन रहेको विधेयक राष्ट्रिय सहमतिका आधारमा पारित हुनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सशष्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट लडेका सवै सुरक्षाकर्मीहरुलाई पिडीतको रुपमा व्याख्या गरिने विषय मान्य नहुने र यसले पीडित तथा उनीहरुको परिवारलाई थप पीडित बनाउने समेत नेता दाहालले बताउनुभयो । यो विधेयकलाई पीडित मैत्री र पीडितहरुको पक्षमा बनाउन अन्तिम समय सम्म पनि एमाले लागि रहने नेता दाहालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस