११ पुष, २०८०
दमक \ नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्ष व्यर्थमा विताएको बताउनु भएको छ । प्रधानमन्त्री दाहालले आफ्नो एक वर्षे कार्यकालको अवधीमा गरेको प्रगती सहितको संवोधनलेनै त्यसलाई पुष्टि गरेको उहाँको भनाई छ । एपीवान टेलिभिजनसँगको कुराकानीका क्रममा नेता दाहालले प्रधानमन्त्रीको संवोधनका क्रममा समेत उपलव्धिहरु भन्दा तयारी, योजना लगायतका विषय मात्र समेटिएको बताउनु भएको छ । सरकारका उपलव्धिहरुबारे प्रधानमन्त्रीले बुँदागत रुपमा समेत केहि उल्लेख गर्न नसकेको उहाँको तर्क छ ।