संसदीय गतिविधि थप प्रभावकारी बनाउन जरुरी : देवेन्द्र दाहाल



१५ भदौ, २०८०
काठमाडौ\ नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले संसदीय गतिविधिहरुलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भएको छ ।
गैह्रसरकारी विधेयकहरु नल्याउन सरकारलेनै सांसदहरुलाई दवाव दिने गरेको विषय सार्वजनिक भई रहँदा उहाँले त्यस्ता कार्य संसदीय अभ्यास विपरीत रहेको पनि बताउनु भएको छ । कान्तिपुर समाचारसँग कुराकानी गर्दै उहाँले कतिपय महत्वपूर्ण विषयहरुमा सांसदहरुले आफ्नो तर्फबाट पनि विधेयकहरु पेश गर्न सक्ने प्रावधान हुँदा हुँदै पनि त्यसरी विधेयक ल्याउन खोज्नेलाई आशंकाको दृष्टिकोणबाट हेरिने गरेको समेत उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो–‘कुनै सांसदले प्राईभेट विल ल्यायो भने त्यसलाई अलिक अर्कै दृष्टिकोणले हेर्ने, किन यसले यो ल्यायो भन्ने चलन पनि छ’ उहाँले भन्नुभयो–‘तर अब हामी यसलाई तोड्न खोजि रहेका छौं ।’
विधेयक ल्याउने, कानून बनाउने जस्ता कुराहरु संसद र सांसदहरुलेनै गर्ने हो भन्ने कुरालाई एमालेले स्थापित गराउने समेत उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस