राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा



असार २०, २०८०

काठमाडौं \ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग गरेको छ । बुधबार राष्ट्रिय सभा बैठक शुरु हुन साथ एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीले हालै दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने माग राखेका हुन् ।
एमाले सांसद दाहालका अनुसार सरदार प्रितम सिंहको पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री दाहालले सो पुस्तकका मुख्य पात्र सिंहले आफुलाई प्रधानमन्त्री बनाउन सिंहले महत्वपूर्ण भुमिका खेलेको र नेपाल तथा भारतका नेताहरुसँग पटक पटक भेट गरेको बताएका थिए ।
भारतीय नेताको जोडबलमा नेपालको प्रधानमन्त्री हुने, भारतका नेताले बनाई दिने हो भने त्यस्तो व्यक्तिलाई नेपालको प्रधानमन्त्री बन्ने नैतिक अधिकार नभएको दाहालको तर्क थियो ।
दाहालले आफ्नो भनाई राख्न साथ एमालेका सांसदहरु उभिए पछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले पटक पटक बस्न आग्रह गरेका थिए । तर एमालेका सांसदहरुले अडान नछोडे पछि बैठक केहि समयका लागि स्थगीत भएको छ ।

प्रतिक्रिया दिनुहोस