नागरिकता विधेयक प्रमाणीकरण संविधानको ठाडो उल्लङ्घन हो: देवेन्द्र दाहाल



काठमाडौं-नेकपा एमालेका नेता देवेन्द्र दाहालले अस्तित्वमानै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरी संविधान उल्लङ्घन गरेको बताउनु भएको छ। 

पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका नेता दहालले यस कदमबाट संविघानको घोर उल्लङ्घन भएको पनि दाबी गर्नु भएको छ। अस्तित्वमा नै नभएको नागरिकता विधेययक प्रमाणीकरण गर्न लगाएर वा गरेर सरकार र राष्ट्रपति दुवैले संविधानको घोर उल्लङ्घन गरेको उहाँको भनाइ छ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकता बिहीन अवस्थामा रहेका सवै नेपालीले अनिवार्य नागरिकता पाउनु पर्ने विषयमा एमाले प्रष्ट भएको पनि उहाँले बताउनु भएको छ। निष्क्रिय भइसकेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको विषयलाई एमालेले सडक र सदन सवै तिरबाट बिरोध गर्ने पनि उहाँले बताउनु भयो।

राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता समेत रहनु भएका दाहालले सामाजिक सञ्जालमा समेत लेख्दै संसद चलिरहेको बेला विधेययक सिफारिस गर्ने सरकारलाई काहाँ छ, अधिकार ? भनेर प्रश्न पनि गर्नु भएको छ।  

प्रतिक्रिया दिनुहोस