विराटनगर- नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले वर्तमान सत्ता गठबन्धनले विदेशीको स्वार्थलाई केन्द्रमा राखेर मात्र काम गर्ने बताउनुभएको छ ।
आज मोरङको केराबारी गाउँपालिकामा आयोजित मिसन ग्रास रुट कार्यक्रममा प्रशिक्षण दिंदै दाहालले वाम गठबन्धनलाई असफल पारेर दक्षिणपन्थीहरुसँग गठबन्धन गर्न प्रचण्ड माहिर रहेको उल्लेख गर्नुभयो । ‘जनताबाट बहिष्किृत हुँदै गएको माओवादीलाई एमालेले रेस्क्यू गरेको हो तर उसले एमालेको उदारतालाई कमजोरी ठान्यो‘ दाहालले भन्नुभयो ‘हाम्रा अध्यक्ष केपी शर्मा ओलीको भिजन र जनताप्रति उतरदायी भएर काम गर्नुपर्ने कुरालाई प्रचण्डले बोझ मानेपछि पुरानै गठबन्धनतिर फर्किएका हुन् ।’ पुरा पद्नुहोस