नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङको केराबारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केराबारी गाउँपालिका कमिटीको आयोजनामा राजनीतिक वैचारिक बिषयमा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिका कमिटीका सदस्यहरु जनवर्गीय संगठनका प्रमुखहरु वडा इञ्चार्ज तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको एमालेका स्थानीय युवा नेता एवं अनेरास्ववियु मोरङका सहसचिव संगम कन्दंगवाले जानकारी दिनु भयो।
अभियानको क्रममा केराबारीमा खटिनुभएका केन्द्रिय प्रतिनिधि नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एव राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेता दाहालले पछिल्लो समय पार्टी भित्र जेपनि गर्दा हुने परिपाटीको अवस्था सिर्जना भएको हुँदा त्यसलाई व्यवस्थित गर्न मिसन ग्रासरुट अभियान सुरु गरिएको बताउनुभयो । क्रममा प्रशिक्षणका क्रममा नेता दाहालले पार्टीको १० औं महाधिवेशनको कार्यदिशा र दक्षिणपन्थी अवसरवाद,संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षको विषयमा प्रशिक्षण दिनुभएको थियो ।