नेकपामा बिचारको प्रश्न



धेरै बर्षको प्रतिक्षा पछि तात्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । पार्टी एकिकरण हुनु अघि यी दुई पार्टीको बिचमा चुनावी तालमेल भयो । जसको परिणाम अत्यन्त उत्साहाजनक भएकाृले नै यी दुई पार्टीहरुको बिचमा एकीकरण गर्नको लागी अझै अनुकुल परिस्थितीको सृजना भएको हो । फलस्वरुप ०७५ जेष्ठ ३ गतेको दिन मदन आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकिकरणको घोषणा हुन पुग्यो । निश्चयनै नेपालको राजनितिमा बिपरित ध्रुवको कार्यनितिक लाईन लिएका दुइ कम्युनिष्ट पार्टीहरु बिचमा एकिकरण हुंदा पहिले त बिचारको सवाललाई नै टुंगो लगाउनु पर्ने हुन्छ । त्यसपछि मात्र संगठनात्मक एकता लगायतका अन्य सवालहरुमा छलफल गर्नु पर्ने हुन्छ । तर हतार हतारमा पार्टी एकिकरणको काम टुंग्याउनु पर्दा यो एकिकरण प्रकृयामा बिचारको पक्ष अलि गौंण जस्तो हुन गयो । अहिले पनि सुरुमै छलफल हुनु पर्ने पार्टीको कार्यक्रमको नाम जनताको बहुदलिय जनवाद की जनताको जनवाद भन्ने बिषयमा बहस प्रारम्भ भए झैं लाग्छ ।


नेपालको कम्युनिष्ट आन्दाोलन फुट र बिभाजनको सृंखलाबाट अगाडी बढेको छ । दुर्भाग्यको कुरा हरेक बिभाजनको बेलामा सिद्दान्तको जलप लगाईन्छ र पद र प्रतिष्ठामा लडाईं गरिन्छ ।

प्रतिक्रिया दिनुहोस